नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार

नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार

केन्द्रबिन्दु
3
Shares

नेपाल र क्यारेबियन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ।

कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि बेलीजका स्थायी प्रतिनिधि कार्लोस सी. फुलरले शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आयोजित सङ्क्षिप्त समारोहमा हस्ताक्षर गरे।

दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएकोबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गरेको नेपालको स्थायी नियोगले जनाएको छ।

त्यस अवसरमा राजदूतद्वयले दुई देशको पारस्परिक हितका लागि विशेषगरि संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा द्विपक्षीय सहयोगलाई बलियो बनाउने तथा साझा हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए। संयुक्त अधिराज्यबाट २१ सेप्टेम्बर १९८१ मा स्वतन्त्र भएको बेलीजले त्यसको चार दिनपछि संयुक्त राष्ट्रसङ्घको सदस्यता पाएको थियो।

Skip This
Skip This
Logo