टिपिएल ४ : मणिग्राम र शंकरनगर विजयी

टिपिएल ४ : मणिग्राम र शंकरनगर विजयी

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको शनिबार सम्पन्न खेलमा मणिग्राम किङ्स र रोयल शंकरनगर विजयी भएको छ। 

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजीवन क्रिकेट मैदानमा भएको तेस्रो खेलमा तिलोत्तमा टाइगर्सलाई मणिग्रामले १० विकेटमा र चौथो खेल न्यु होराइजनलाई ५ विकेटले रोयल शंकरनगर विजयी भएको हो । 

पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको तिलोत्तमा टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११३ रनको योगफल बनायो। जसका लागि आयुश्मान बमले ४६, सन्दीप जोराले २६ रनको योगदान गरे । बलिङतर्फ अनिल खरेलले ३ विकेट लिए । 

जवाफी ब्याटिङमा ११४ रनको लक्ष्य पाएको मणिग्रमले  १४ दशमलव १ ओभरमा विना विकेटको नोक्सानीमा लक्ष्य पार गरि जित निकाल्यो । जसका लागि ईशान पाण्डे र देव खनालले अविजित ६० र ४४ रनको पारी खेले। वलिङतर्फ सन्दीप जोराले २ विकेट लिए । पहिलो खेलमा अनिल खरेल म्यानअफ द म्याच भए।

यस्तै दोस्रो खेलमा सुरुवाती ब्याटिङ गरेको न्यु होराइजनले सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो। १९ दशमलव २ ओभरमा समेटिएको टिमका लागि विपिन रावलले २१, राहुल शर्माले १४ रन बनाए। 

जवाफी ब्याटिङमा ९५ रनको लक्ष्य पाएको शंकरनगरले  १४ दशमलव ३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पार गरि जित निकाल्यो। जसका लागि शंकर रानाले २७ र हरि चौहानले २२ रन बनाए। 

दोस्रो खेलमा धिरज शाही म्यान अफ द म्याच भए। आइतबारको खेल तिलोत्तमा टाइगर्स र नेपथ्य गोल्डबीच तथा दोस्रो खेल न्यु होराइजन र एकोन भैरहवाबीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए। चौंथो संस्करणको प्रतियोगितामा ८ टिम सहभागी छन्।

Logo