माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको पेसी २७ गते

माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको पेसी २७ गते

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको निवेदनमा चैत २७ गते पेसी तोकिएको छ । न्यायाधीश नहकुल सुवेदीले उक्त मुद्दामा हेर्न नमिल्ने भएपछि आइतबार मुद्दाको सुनुवाइ सरेको हो ।

इजलासमा पक्ष र विपक्षका कानुन व्यवसायी बहसका लागि पुगेपछि न्यायाधीश सुवेदीले  मुद्दा आफूले हेर्न नमिल्ने जानकारी गराएका थिए । उनले यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले यस मुद्दाको सुनुवाइमा बस्न नमिल्ने बताएका हुन् । 

उनले इजलासमा नबस्ने भनेपछि निवेदकका कानुन व्यवसायीहरुले इजलासबाट सुनुवाइको मिति तोकिनुपर्ने माग गरेका थिए ।

Skip This
Skip This
Logo