अहिले नेपालमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन्। अहिले प्रदेश नम्बर-१ मा आंशिकदेखि सामान्य बदली छ। देशका अरू भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अरू भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१, वागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति प्रदेश-१, वागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अरू भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





























प्रतिक्रिया