एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने ‘दीपेन्द्रसिंह ऐरी’

एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने ‘दीपेन्द्रसिंह ऐरी’

केन्द्रबिन्दु
0
Shares

मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटर बनेका छन्। त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय यो कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली ब्याटर बने।

यसअघि लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध अविजित शतकीय इनिङ खेलेका दिपेन्द्र नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन्।

यस सूचीकाे दोस्रो स्थानका पारसको ७९९ रन छ। तेस्रो नम्बरका ज्ञानेन्द्र मल्लको ७४८ रन छ।

यस्तै, ओपनर कुशल भुर्तेल ५७३ रनसहित चौथो स्थानमा छन्। उनी ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने आइसिसी एसोसियट राष्ट्रको छैटौं खेलाडीसमेत बनेका छन्।

Skip This
Skip This
Logo