काभ्रेपलाञ्चोक प्रशासनद्वारा नियमित सेवा सुरु

काभ्रेपलाञ्चोक प्रशासनद्वारा नियमित सेवा सुरु

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले साेमबारदेखि निर्वाधरुपमा आफ्नो सेवा प्रदान गरेको छ। यसअघि कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण आलोपालो सेवा प्रदान गर्दै आएको थियो। 

सोमबारदेखि स्थानीय तहगत आलोपालो प्रणाली हटाई दैनिक नियमित सेवा प्रदान गरिएकाले सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्णपालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनारले सूचना जारी गरेका छन् ।

यसैबीच काभ्रे कोरोनामुक्त भएको छ। दश दिन यताको परीक्षणका क्रममा कोही पनि व्यक्ति कोरोनाबाट सङ्क्रमित भएका छैनन्। कोहीमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिएमसी)ले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तमराज सेढाईंका अनुसार यसअघि गत मङ्सिरमा जिल्ला कोरोनामुक्त भएको थियो । जिल्लामा हालसम्म १७ हजार ५५६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने १९५ जनाको मृत्यु भएको थियो। 

Skip This
Skip This
Logo