युक्रेनी परिवारहरू बालबालिकाको शरीरमा पारिवारिक विवरण लेख्दै, यस्ताे छ कारण

युक्रेनी परिवारहरू बालबालिकाको शरीरमा पारिवारिक विवरण लेख्दै, यस्ताे छ कारण

केन्द्रबिन्दु
0
Shares

रुसी सेनाको हमलामा जुनसुकै बेला मारिने डरले युक्रेनी परिवारहरूले आफ्ना बालबालिकाको शरीरमा पारिवारिक विवरण लेख्न थालेका छन्। युद्ध प्रताडित युक्रेनमा यी अनौंठा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

द्वन्द्वको वास्तविकतालाई उजागर गर्ने यी तस्बिरलाई धेरै पत्रकारहरूले ट्विट गरिरहेका छन्।  

‘युक्रेनी आमाहरूले आफ्ना छोराछोरी मारिए र उनीहरूको बच्चा बाँचेको अवस्थामा तिनीहरूको शरीरमा  पारिवारिक सम्पर्कहरू लेख्छन्। युरोप अझै ग्यासको बारेमा छलफल गरिरहेको छ,’ एक स्वतन्त्र पत्रकार अनास्तासिया लापाटिनाले ट्वीटरमा लेखेकी छिन्।

‘युद्धमा आफूहरु मारिने र बच्चा बाँच्न सक्ने अवस्था आउन सक्ने भएकाले युक्रेनी महिलाले आफ्ना बच्चाहरूको शरीरमा पारिवारिक सम्पर्क लेखिरहेका छन्। र, युरोप भने अझै ग्यासबारे बहस भइरहेको छ’, स्वतन्त्र पत्रकार अनास्तासिला लापातिनाले ट्विट गरेकी छन्। 

उक्त तस्बिर बालिकाकी आमा साशा माकोभीले तीन दिनअघि इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। पोष्ट स्थानीय भाषामा छ। ‘यदि केही भयो भने कसैले उनलाई जीवितरूपमा स्वागत गर्नेछ ’ भनेर महिलाले आफ्नी छोरी भेराको नाम उनको शरीर पछाडि लेख्ने निर्णय गरेको बताइन्छ।

अर्को तस्बिरमा माकोभीले आफ्नो परिवार सुरक्षित छ। उक्त तस्बिरप्रति प्रतिकृया जनाउँदै एक ट्विटर प्रयोगकर्ताले भने, ‘ह्दयविदारक। कुनै शब्द छैन।’ एजेन्सी

Skip This
Skip This
Logo