सुर्खेत ।
कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ७५५ पुगेको छ । कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी रोग तथा अन्वेषण प्रयोगशाला सुर्खेतले गरेको आरटी/ पिसिआर परीक्षणमा २९ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एकजना गरी ३० थपिएसँगै सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ७५५ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए।
सङ्क्रमित देखिएका व्यक्तिमा सुर्खेतका नौ, बर्दियाका चार, दैलेख र जुम्लाका तीन/तीन कालीकोट र सल्यानका दुई/दुई जना सङक्रमित भएको महाशाखा प्रमुख उनी बताए । उनका अनुसार जाजरकोट, रुकुमपश्चिम, हुम्ला, गुल्मी, काठमाडौं, ताप्लेजुङ र ललितपुरको एक÷एक जना सङ्क्रमति भएका छन् ।
त्यसैगरी, शुक्रबार प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगर आईसोलेशनबाट १५ जना फर्केसँगै कर्णालीका कोरोना सङक्रमण जितेर घर फर्कनेको सङ्ख्या दुई हजार ३७९ पुगेको छ । स्वास्थ्य सेवा महाशाखाका अनुसार ३३८ जना भने प्रदेशका विभिन्न आइसोलेशनमा रहेको जनाएको छ ।































प्रतिक्रिया