नयाँ वर्ष अफरः टारो ब्रान्डका बाइक र स्कुटर किन्दा ३० हजारसम्म छुट

नयाँ वर्ष अफरः टारो ब्रान्डका बाइक र स्कुटर किन्दा ३० हजारसम्म छुट

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा हालै एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्प प्रालिले भित्र्याएको इटालियन प्रविधि र डिजाइनमा निर्मित टारो ब्रान्डको बाइक तथा स्कुटरमा नयाँ वर्ष २०७९ को अफर उपलब्ध हुने भएको छ।

आजदेखि प्रारम्भ भएको यो अफर आगामी बैशाख ३१ सम्म लागू हुने ओम मोटोकर्पले जनाएको छ। यस अन्तर्गत टारो ब्रान्डका कुनै पनि स्कुटर खरिद गर्दा सिधै १५ हजार रुपैयाँ छुट पाइने छ। त्यसैगरी बाइकमा जीपी-२, २०० खरिद गर्दा २० हजार, जीपी-१, २५० एसआर खरिद गर्दा २५ हजार र जीपी-१, ३८० खरिद गर्दा ३० हजार रुपैयाँ छुट पाइने छ।

साथै कम्पनीले यस अवधिभर खरिद गर्ने मध्ये २ जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्र माफर्त बैंककको प्याकेजसमेत अफर गरेको छ। कम्पनीले टारो ब्रान्डका इमोला १५० एलेक्स र टी-९, १५० गरि दुई मोडलमा स्कुटर र जीपी-२, २००, जीपी-१, २५० एसआर र जीपी-१, ३८० गरी तीन मोडलका प्रिमियम बाइक नेपाली बजारमा उपलब्ध गराएको छ।

नक्सालको नारायणचौरमा आफ्नो कर्पाेरेट शोरुमको विस्तार गर्दै काठमाडौंको भत्केकोपुल र रातोपुलको कोरिडोरमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको निर्माण अन्तिम चरणमा पुर्याएको छ। यसका साथै टेकुस्थित वाइकर्स मार्ट्सले पनि कम्पनीको आधिकारिक बिक्री प्वाइन्ट लिँदै यस व्राण्डको वाइक तथा स्कुटर बिक्री गर्दै आएको छ।

उपत्यका बाहिरका मुख्य मुख्य सहरहरु धरान, इटहरी, विर्तामोड, दमक, चितवन, बुटवल, पोखरा, दाङ्ग, नेपालगन्ज र धनगढीमा डिलर विस्तारको योजना अघि सारेको छ भने हेटौंडामा कम्पनीले डिलर छनौटको प्रक्रिया सकेर आवश्यक संरचनाको निमार्ण कार्यलाई अघि बढाउँदै सानोपोखरास्थित ओम अटोमोबाइल्समार्फत बिक्री सेवा प्रदान गर्दै आएको बताएको छ।

आकर्षक डिजाइनका साथै ईएफआई, टीएफटी डिस्प्ले, सीबीएस अर्थात कम्बाइन्ड ब्रेकिङ सिस्टम, लिक्विडकुल्ड इन्जिन र अन्य मास्टर अफ इन्जिनियरिङ यो ब्रान्डका बाइक तथा स्कुटरमा अनुभव गर्न सकिन्छ।

हाल नेपाली बजारमा उपलब्ध इमोला १५० एलेक्सको मूल्य ३ लाख ३० हजार, जीपी-१, २५० एसआरको मूल्य ६ लाख ५० हजार र जीपी-१, ३८० को मूल्य ९ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ।

Skip This
Skip This
Logo