कैलालीमा प्रहरी थुनामा रहेका युवकको मृत्यु, प्रहरीले नै हत्या गरेको आफन्तको दाबी

कैलालीमा प्रहरी थुनामा रहेका युवकको मृत्यु, प्रहरीले नै हत्या गरेको आफन्तको दाबी

केन्द्रबिन्दु
0
Shares

कैलाली।

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा शुक्रबार मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका धनगढी उपमहानगरपालिकाका १९ वर्षीय रोशन बिकको शुक्रबार प्रहरीको थुनुवा कक्षमा मृत्यु भएको थियो । युवकले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपसम्शेर जवराले बताए । मृतकका आफन्तले भने प्रहरीको कुटपिटबाट बिकको मृत्यु भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले दिएको विवरणका आधारमा थुनुवा कक्षभित्रै बिकले आत्महत्या गरेको सम्बन्धी समाचार दिनेश एफएमले प्रसारण गरिएको थियो । युवकले आत्महत्या गरेको सम्बन्धी समाचार प्रसारण गरेको भन्दै एफएमका सह–सम्पादक जनक विष्टमाथि कार्यालयमा पुगेको एक आक्रोशित समूहले आक्रमण गरेको छ ।

समाचार प्रसारणको विषयलाई लिएर सञ्चारकर्मीमाथि भएको आक्रमण घटनाको नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध सङघ तथा सङ्गठनले विरोध जनाउँदै आक्रमणकारीमाथि कारवाही गर्न माग गरेका छन् ।रासस

Skip This
Skip This
Logo