अपाङ्गता भएका व्यक्तिलाई एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता

अपाङ्गता भएका व्यक्तिलाई एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया क्यापिटलले शारीरिक तथा मानसिक कमि कमजोरी भई अपाङ्गता भएका ‘क’ तथा ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्करुपमा डिम्याट तथा मेरो शेयर खाता खोलिदिने व्यबस्था मिलाएको छ। 

धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गराउने प्रमुख उद्देश्यका साथ एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट निःशुल्करुपमा डिम्याट तथा मेरो शेयर खाता खोलिदिने व्यबस्था मिलाइएको हो । 

साथै अनलाइन मार्फत डिम्याट तथा मेरो शेयर खाता खोल्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://onlinedemat.nicasiacapital.com/#/  मा क्लिक गरी रितपूर्वक विवरण भरि सहजैरुपमा डिम्याट खाता र मेरो शेयरको खाता खोल्न सकिने जनाइएको छ। 

Logo