आइपीएलमा बेंगलोरको लगातार तेस्रो जित

आइपीएलमा बेंगलोरको लगातार तेस्रो जित

केन्द्रबिन्दु
0
Shares

मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार तेस्रो जित निकालेको छ ।मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ ।

जितका लागि पाएको १५२ रनको लक्ष्य बेंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । बेंगलोरको जितका ओपनर अनुज रावतले सर्वाधिक ६६ रन बनाए । यस्तै विराट कोहलीले ४८ रनको योगदान गरे । यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको  मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।

मुम्बईका सूर्य कुमार यादवले  सर्वाधिक ६८ रन बनाए । यस्तै ओपनर  ईशान किशन र रोहित शर्मा समान २६ रन बनाए । बेंगलोरका हर्षल पटेल र  वानिन्दु हसरंगाले समान  २ विकेट लिए ।

Logo