केही मानिसको सन्कीपनले देशका नीतिहरु भाँडिएका छन् : योगेश भट्टराई

केही मानिसको सन्कीपनले देशका नीतिहरु भाँडिएका छन् : योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन्।

सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले अहिले देशमा विदेशी मुद्राहरुको सञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए । 

भट्टराईले नेपालले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताए । उनले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको बताए । सचिव भट्टराईले जनशक्ति उत्पादन दिने कुरामा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताए ।

सचिव भट्टराईले कुनैपनि उमेर समूहका मानिसहरुलाई स्वास्थ्यको आधारभुत सेवाबाट वञ्चित गर्न नहुने पनि बताए ।

Skip This
Skip This
Logo