एनएमबि बैंकद्वारा प्राक्टिकल एक्शन परियोजनाको सहयोगमा ५२ हजार थान चुल्हो वितरण

एनएमबि बैंकद्वारा प्राक्टिकल एक्शन परियोजनाको सहयोगमा ५२ हजार थान चुल्हो वितरण

केन्द्रबिन्दु
0
Shares

एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रिय कार्यालय काठमाडौंको रिजल्ट वेस फाइनान्सिङ परियोजना अन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुल्हो बितरण गरेको छ। बैंकले प्राक्टिकल एक्शनसँग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापकको रुपमा काम गरेको थियो ।

परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामिण भेगका जनताहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ प्राक्टिकल एक्शन परियोजनासँग बैंकले सहकार्य गरेर नुवाकोट, धादिङ्ग, गोर्खा, रसुवा, चितवन, मकवानपुर, पर्वत, म्याग्दी, बाग्लुङ्ग, अर्घाखाँची, गुल्मी र स्याङ्गजाका बिभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु बितरण गरेको हो ।

“नाफाभन्दा अघि मानिसहरुको बारेमा सोच्ने” सिद्धान्त अनुसार बैंकको लघुबित्त विभागले प्राक्टिकल एक्शनसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक सम्पन्न गरेको हो भने यस परियोजनाको साथसाथै अन्य बिभिन्न परियोजनाहरुसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आईरहेको छ । 

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।  

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

Skip This
Skip This
Logo