कारोबार हुने साताको चौथो दिन बुधबार आज पनि शेयर बजारमा अंकले वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन ३४ दशमलव ७८ अंकले घटेको बजार आज भने ३० दशमलव २४ अंकले वृद्धि भएर २ हजार ४१५ विन्दुमा पुगेको हो ।
बुधबार २२९ वटा धितोपत्रको ३३ लाख ९८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ४७ करोड ६३ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बुधबार १३ वटै समूहको परिसूचक बढेको छ। सबैभन्दा बढी अन्य समूहको २ दशमलव २८ प्रतिशतले बढेको हो ।
त्यस्तै, बुधबार पनि नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा शिबम् सिमेन्टको ८ करोड ४३ लाख ३४ हजार ९३६ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।































प्रतिक्रिया