नयाँ वर्षको पहिलो दिन, कस्तो रहला आजको मौसम ?

नयाँ वर्षको पहिलो दिन, कस्तो रहला आजको मौसम ?

केन्द्रबिन्दु
0
Shares

देशका विभिन्न भागमा आज वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। विभागका अनुसार आजराति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Skip This
Skip This
Logo