कपुरकोटमा चट्याङ लागेर ३ जना घाइते

कपुरकोटमा चट्याङ लागेर ३ जना घाइते

केन्द्रबिन्दु
0
Shares

सल्यानको कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै घरका ३ जना घाइते भएका छन् । घरमै सुतिरहेको बेला बिहीबार बिहान करिव ३ बजेतिर उनिहरूलाई चट्याङले लागेको थियो ।  

कपुरकोट गाउँपालिका-४ धनवाङ स्थित थापा टोलमा चट्याङ लागेर ६६ वर्षीय आशाराम थापा, उनकी श्रीमती ६५ वर्षीया गंगी थापा र १२ वर्षीय नाति दिनेश थापा घाइते भएका हुन् । घाइतेहरुको उद्दार गरि उपचारको लागि दाङ पठाइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ । 

Logo