एमाले अध्यक्ष ओलीलाई विश्व स्काउटको ‘मेधावी योगदान’ पदक (भिडियाेसहित)

एमाले अध्यक्ष ओलीलाई विश्व स्काउटको ‘मेधावी योगदान’ पदक (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्व स्काउट एशिया प्रशान्त क्षेत्रले प्रदान गर्ने  ‘मेधावी योगदान’ उच्च पदकबाट विभूषित भएका छन्। 

काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई मेधावी योगदान पदकबाट विभूषित गरेकी हुन्। सो कार्यक्रममा विश्व स्काउटका पदाधिकारीहरू पनि उपस्थित थिए। स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ओलीलाई उक्त पदक प्रदान गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए। 

प्रत्येक वर्ष विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिँदै आएकोमा यस वर्ष नेपालका पूर्व प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको हो । 
संयोजक भण्डारीले सो अवसरमा ओली संरक्षक रहेकै बेला देशका ७५३ वटै स्थानीय तहमा स्काउट विस्तार भएको जानकारी दिए। भण्डारीले ओलीकै अविभावकत्वमा नेपाल स्काउटले फड्को मारेको भन्दै ओली नेतृत्वको सरकारले १३ हजार सामुदायिक विद्यालयमा स्काउट विस्तार गर्ने लक्ष्य लिएको र त्यो सफल हुँदै गरेको बताए।

विभूषित कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न विपदमा स्काउटले गरेको योगदानको चर्चा गर्दै मानवीय र शान्तिको भावना बोकेको स्काउट अभरको साथी भएको चर्चा गरेका थिए। प्राकृतिक विपत्ति र महामारीका समय राष्ट्र नै प्रभावित भएका समय संगठितरुपमा सहयोग गर्न स्काउटले निश्वार्थ रुपमा गरेको सहयोग उल्लेख्य रहेको ओलीको भनाइ थियो। उनले भने, 'स्काउट भनेको अभरको साथी हो ।' 

कार्यक्रममा राष्ट्रपति भण्डारीले देशको भविष्य बोकेका कलिला बालबालिका तथा युवालाई संगठित गरेर राष्ट्र निर्माणमा मार्गदर्शन गर्न स्काउटले गरेको मार्गदर्शनको सबैले अनुशरण गर्न जरुरी रहेको बताइन्। मुलुकको हरेक विपत्तिमा स्काउटको निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो । 

स्काउटका अनुसार विश्व स्काउटको यो तहको पदकबाट विभूषित हुने ओली पहिलो नेपाली हुन् भने विश्वमा हालसम्म ११ जना यसबाट विभूषित भएका छन्।

 

मेधावी योगदान पदक सुशोभन समारोह ।। LIVE ।। Nepal Scout

मेधावी योगदान पदक सुशोभन समारोह ।। LIVE ।। Nepal Scout

Posted by Kendrabindu – केन्द्रबिन्दु on Thursday, April 14, 2022

Skip This
Skip This
Logo