काठमाडौंको मेयरका लागि एमालेबाट पूर्वराज्यमन्त्रीसहित पाँच जनाको नाम सिफारिस

काठमाडौंको मेयरका लागि एमालेबाट पूर्वराज्यमन्त्रीसहित पाँच जनाको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)बाट पाँच जनाको नाम सिफारिस भएको छ। बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँचजनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको एक नेताले जानकारी दिए।

ती नेताका अनुसार मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धरको नाम महानगर कमिटीले सिफारिस गरेको हो। 

शाक्य हालका मेयर हुन् भने स्थापित पूर्वमेयर हुन् । त्यस्तै मानन्धर काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्य र पूर्वराज्यमन्त्रीसमेत हुन् । पन्त भने एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् ।

Skip This
Skip This
Logo