कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्यासमेत कम छ। अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो। कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन्।
रुकुम पश्चिम १२ र सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए ।
डोल्पामा महिला मतदाता संख्या ११ हजार ३ सय ७९, पुरुष ११ हजार ६१ जना रहेका छन्। त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या १ लाख ११ हजार ७१८ र पुरुष १ लाख ६३ हजार २५ रहेका छन्। रुकुम पश्चिम महिला ४५ हजार ७९९ र पुरुषको संख्या ४६ हजार ५४७ मतदाता रहेका छन्।
सल्यानमा महिला मतदाता संख्या ७७ हजार ८११ र पुरुषको संख्य ७९ हजार ९०४ रहेको छ । मुगुमा १६ हजार ७९५ र पुरुषको संख्या १८ हजार १६७ रहेको छ। जाजरकोटमा महिलाको संख्या ४९ हजार ९, पुरुषको संख्या ५४ हजार ८५८ छ। दैलेखमा महिला मतदाता संख्याको संख्या ७४ हजार ६८९ रहेको छ भने पुरुषको संख्या ७४ हजार ३८ रहेको छ।
कर्णाली प्रदेश भरीको महिला मतदाता संख्या ४ लाख ४९ हजार ३० रहेको छ भने पुरुषको संख्या ४ लाख ५९ हजार ४०१ रहेको छ। ९ लाख ८ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएकाे छ। जुम्लामा, हुम्लामा र कालीकोटको मतदाता संख्या प्रदेश निर्वाचन कार्यालयको साइटमा राखिएको छैन।































प्रतिक्रिया