अमेरिकी डलर एकको १२१ रुपैयाँ ५९ पैसा, यस्ताे छ आजको विनिमय दर

अमेरिकी डलर एकको १२१ रुपैयाँ ५९ पैसा, यस्ताे छ आजको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ७२ पैसा र बिक्री दर १६० रुपैयाँ ५१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ आठ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५८ पैसा र बिक्री दर ९१ रुपैयाँ तीन पैसा छ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४१  पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ ७० पैसा र बिक्री दर नाै रुपैयाँ ७५ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ आठ पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैयाँ ४३ पैसा र बिक्री दर ३२ रुपैयाँ ५९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८८  पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ  ९७ पैसा कायम भएको छ।

Skip This
Skip This
Logo