युरोपबाट आयात गरिएको स्कोडा कोडियाक फेसलिफ्ट, मूल्य १ करोड ७१ लाख

युरोपबाट आयात गरिएको स्कोडा कोडियाक फेसलिफ्ट, मूल्य १ करोड ७१ लाख

केन्द्रबिन्दु
0
Shares

स्कोडा शोरुमहरुमा स्कोडाको नयाँ एसयूभी कोडियाक फेसलिफ्ट आइपुगेको छ। द अल्टिमेट यूरोपियन एसयूभीको रुपमा परिचित हेर्दा स्पोर्टी, क्रिस्टललाइन डिजाइन, आफ्नो वर्गमा सबैभन्दा बढी सुरक्षा र ‘सिम्पली क्लेभर’ समाधानहरूले भरिपूर्ण नयाँ स्कोडा कोडियाक फेसलिफ्टसहित अब स्कोडा शोरुमहरूमा उपलब्ध भएको हो।

कोडियाक सन् २०१८ मा नेपाली बजारमा लन्च भएको थियो । फेसलिफ्टसहितको नयाँ स्कोडा कोडियाक नेपाली बजारका लागि युरोपबाट आयात गरिएको हो। चेक ब्रान्डले कोडियाकको भावनात्मक डिजाइनलाई थप विकास गरि यसको एरोडायनामिक सुधार गरेको छ।

स्कोडा डिभिजन–एमएडब्लु इन्टरप्राइजका कार्यकारी निर्देशक रौनक अग्रवालले सो अवसरमा नयाँ स्कोडा कोडियाक डिजाइन सौन्दर्य, आराम, इन्जिन र गतिशील क्षमताहरूका साथै पूरै विचार गरेर क्याबिन थपिएको र दैनिक ड्राइभिङ वा रोमाञ्चक अफ–रोड यात्राका लागि उपयुक्त भएको बताए।

स्कोडाले कोडियाकको अपिरियन्यसमा विशेष परिमार्जन गरेको छ, सफल एसयूभीलाई अझ धेरै रग्ड लुक प्रदान गर्दै यसको एरोडायनामिक्सलाई पनि अनुकूलन/अप्टिमाइज गरेको छ। माथिल्लो र आकर्षक बोनेट र नयाँ डिजाइन गरिएको, थप ठाडो स्कोडा ग्रिलले कारलाई हेर्दा अझ बढी आकर्षक देखाएको छ। एड्याप्टिभ फ्रन्ट हेडलाइट प्रणालीका साथ एलईडी हेडलाइटहरू उल्लेखनीयरूपमा स्लीम छन् र पुनः व्यवस्थित फग लाइटहरूसँग, अँध्यारोमा पनि राम्रोसँग देखिने सुविधा सिर्जना गर्दछ।

Logo