मुगुमा गठबन्धन दलहरुबीच हुन सकेन सहमति,आज टुंगोमा पुग्ने दाबी

मुगुमा गठबन्धन दलहरुबीच हुन सकेन सहमति,आज टुंगोमा पुग्ने दाबी

केन्द्रबिन्दु
0
Shares

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा मुगुका चार दल छलफलमै ब्यस्त छन्। केन्द्रबाटै जिल्लामा स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरु छलफलमा व्यस्त बनेका हुन्। 

तालमेलको विषयमा छलफल गर्न नेपाली कांग्रेसका जिल्ला सभापति ऐन बहादुर शाही, एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य कर्णाली प्रदेशका सह ईन्चार्ज तथा प्रदेश सरकारका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर शाही, नेकपा माओवादी केन्द्र र जसपाका जिल्ला स्तरिय नेताहरु छलफलमा जुटेका हुन्। 

उनीहरुले तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गरेको करिब एक हप्ता भइसकेको छ। तर हालसम्म टुंगो लाग्न सकेको छैन। शुक्रबार दिउँसो बसेको गठबन्धनको बैठकमा पनि कुनै सहमति जुट् सकेन। बैठक भोलि विहान ७ बजे पुन बस्ने कांग्रेसका जिल्ला सभापति शाहीले बताए। 'हामी भोलि नै टुंगो लगाउँछौं, र भोलि नै केन्द्रमा तालमेलको विषयमा जानकारी गराउँछौं ' उनले भने। 

निर्वाचन नजिकिँदै जाँदा यति खेर उम्मेद्वार छनोटमा जानु पर्ने हो । तर उनीहरु उम्मेदवार त परै जाओस् तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा समेत सहमत हुन सकेका छैनन् ।

कर्णाली प्रदेशका सत्तारूढ दलहरुले भागबण्डाको लागि निर्णयक छलफल सुरु गरेका छन् । कर्णालीका सबै जिल्लामा गठबन्धनको बैठक सुरु भएको छ। 

Skip This
Skip This
Logo