आईपीएल : चेन्नईलाई हराउँदै गुजरातको पाँचौ जित

आईपीएल : चेन्नईलाई हराउँदै गुजरातको पाँचौ जित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी-२० क्रिकेटमा गुजरात टाइटन्सले पाँचौ जित निकालेको छ । आइतबार रातिको खेलमा चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गरेको हो । चेन्नईले भने पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । 

गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए । राशिद खानले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए ।

अम्बाती रायडुले ४६ रनको योगदान गरे । जितसँगै गुजरात ६ खेलबाट  १० अंक जोडेर शीर्ष स्थानमा छ । पाँचौ हार बेहोरेको  चेन्नई २ अंक जोडेर नवौं स्थानमा  छ ।

Skip This
Skip This
Logo