काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाका दुई अध्यक्ष बीचको भेटवार्ता सकारात्मक देखिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक देखिएको हो । उक्त भेटमा पार्टीभित्र लामो समयदेखि सतहमा आएको विवाद साम्य पार्न दुई अध्यक्ष सफल भएका छन् । सोही सहमतिलाई भोलि (शुक्रबार) बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने छ ।
त्यस्तै राष्ट्र बैंकको नयाँ निर्देशिकाअनुसार अबदेखि व्यक्तिगत ऋणी भए नागरिकता नम्बर र संस्थागत ऋणी भए प्यान नम्बर सहित सार्वजनिक गरिने भएको छ । बैंकबाट लिएको कर्जा नतिर्ने प्रवृत्ति बढेसँगै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्सका नाममा एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
आज ‘विश्व आत्महत्या रोकथाम दिवस, आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँएको छ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित गैरसरकारी संस्थाहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाइएको हो ।
त्यस्तैगरी वातावरण सम्बन्धी अग्रणी संस्था विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) ले आफ्नो नयाँ प्रतिवेदनमा प्रकृतिको दोहन अत्याधिक भएको जनाएको छ । उक्त संस्थाले मानिसहरूले यसअघि कहिल्यै नगरेको दरमा प्रकृतिको विनाश गरिरहेको भन्दै चेतावनी समेत दिएको बीबीसीले जनाएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले भदौ पहिलो साताबाट उपत्यकामा लागु गरेको निषेधाज्ञालाई बुधबार खुकुलो बनाउने निर्णय गरेको छ । तर नेपाली खेलकुद क्षेत्र भने अझै अनिश्चित नै छ । खेलकुद क्षेत्र बन्द गर्ने यसअघिको निर्णय निषेधाज्ञा खुकुलो भए पनि कायमै रहेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया