मुगुमा एमाले पर्ख र हेरकाे अवस्थामा, गठबन्धनभित्रका दल आ-आफ्नै अडानमा

मुगुमा एमाले पर्ख र हेरकाे अवस्थामा, गठबन्धनभित्रका दल आ-आफ्नै अडानमा

केन्द्रबिन्दु
0
Shares

देशका अन्य जिल्लामा जस्तै मुगुमा पनि स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट र चुनावी रणनीतिमा दलहरू लागेका छन्। यहाँ नेकपा एमाले एक्लै निर्वाचनमा जाने तयारीमा भए पनि उसले उम्मेदवार चयनमा पर्ख र हेरकाे नीति लिएकाे छ। 

अर्काेतिर नेपाली कांग्रेससहित पाँच दलको गठबन्धन भने आ-आफ्नै दाबी र अडानमा छन्। जसका कारण उम्मेदवार चयन गर्न सकिरहेकाे छैन। 

स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर केन्द्रबाटै सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरू एक सातादेखि छलफलमा व्यस्त छन्। तर, अझै टुंगोमा पुग्न सकेको छैनन्। 

गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाको सोरु गाउँपालिकामा अध्यक्ष, छायाँनाथ रारा नगरपालिकामा उपाध्यक्ष दाबी गरेकाे नेपाली कांग्रेस मुगुका पार्टी प्रवक्ता प्रकाश शाहीले बताए। यही कारण कुरा नमिलेकाे उनकाे भनाइ छ। उनका अनुसार जिल्लाका चार स्थानीय तहमध्ये तीन पालिकामा नेपाली कांग्रेसले प्रमुख पाउनु पर्ने प्रवत्ता शाहीको भनाइ छ।  

नेकपा एकीकृत समाजवादी मुगुका अध्यक्ष धरमबहादुर शाहीका अनुसार केन्द्रीय सर्कुलरअनुसार सात बुँदे सहमति समाजवादी पार्टीको हितको लागि बनाएको हाे। यही अनुसार नेपाली कांग्रेस पहिलो पार्टी, नेकपा माओवादी केन्द्र दोस्राे र समाजवादी तेस्राे स्थानमा हुनुपर्छ। नेकपा एमालेबाट छुट्टिएर आईसकेपछि मुगुका चार वटा स्थानीय तहमध्ये दुई वटामा कांग्रेस, एकमा माओवादी र एकमा समाजवादीको प्रमुखमा हाम्राे दावी रहन्छ।   

नेकपा माओवादी केन्द्र मुगुका सूचना संचार विभागका संयोजक देविकृष्ण रोकायाका अनुसार माओवादी केन्द्र गठबन्धनको पक्षमा रहेको र सोहीअनुसार अगाडि बढेको छ।

अन्तिमसम्म गठबन्धनको पक्षमा रहेको उल्लेख गर्दै यदि गठबन्धन नभए मित्रवतरुपमा चुनावी प्रतिस्पर्धा गर्ने उनी बताउँछन्। नेपाली कांग्रेस मुगुका अनुसार सकेसम्म तालमेल गरेरै जाने हो यदि उनीहरूले तालमेलमा रस्साकस्सी गरे भने अन्तिममा एक्लाएक्लै चुनाव लड्नुकाे विकल्प छैन। 

Skip This
Skip This
Logo