गायिका उर्मिलाको आवाजमा पूजा र राजको अभिनय (भिडियोसहित)

गायिका उर्मिलाको आवाजमा पूजा र राजको अभिनय (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नायिका पूजा शर्मा र कलाकार राज कटुवालको अभिनय रहेको नयाँ गीत ‘लिन आउँछु भन्थ्यौ’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा गायिका उर्मिला लाम्गादेको स्वर सुन्न सकिन्छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाको यो पहिलो गायन हो । दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् ।

गीतको भिडियोमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालले उत्कृष्ट अभिनय देख्न सकिन्छ । डान्सिङ नम्बरमा तयार पारिएको गीतमाको भिडियोमा कविराज गहतराजको निर्देशन तथा अर्जुन जीसीको सम्पादन रहेको छ । गीतको भिडियोमा सौरभ लामाको छायांकन छ । गीतको भिडियो :

Skip This
Skip This
Logo