मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ४ सयले घटेर तोलाको एक लाख २ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सोमबार छापावाल सुनको मूल्य एक लाख २ हजार ५ सय रहेको थियो। महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६ सयमा कारोबार भएको छ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४२० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि सोमबार पनि १४२० मा नै कारोबार भएको थियो।































प्रतिक्रिया