कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्षमा एकजना पत्रकारसहित पाँच जनाको नाम सिफारिस भएको छ। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि माओवादीले लामो समयदेखि पत्रकारिता गर्दै आएमा सक्रिय पत्रकार कृष्णराज गिरीको नाम सिफारिस गरेको हो।
माओवादीको बेलडाँडी गाउँ कमिटीले पत्रकार गिरीसहित ईश्वरी दत्त भट्ट, कल्पना गिरी, नन्द किशोर एसके र कैलाशचन्द्र गिरीको नाम सिफारिस गरेको बेलडाँडीका अध्यक्ष डम्बर शाहले जानकारी दिए। उपप्रमुखमा भने नैनादेवी गिरी, सुरेन्द्रराज कोइरालाको नाम सिफारिस गरिएको छ।
शिक्षा क्षेत्र, सामाजिक–राजनीतिक क्षेत्रमा लामो समय काम गरेका भट्टदेखि विद्यार्थी नेता, तथा सञ्चारकर्मीलाई अध्यक्षको लागि सिफारिस गरिएको माओवादीले जनाएको छ। स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहेका बेला केन्द्र पाँच दलीय सत्ता गठबन्धनले विशेषगरि महानगर र उपमहानगरपालिकाको भागबन्डाका निम्ति कसरत गरिरहेको छ। तर गठबन्धन दलहरूबीच सहमति हुन नसक्दा भागबन्डा टुङ्गिन सकेको छैन।































प्रतिक्रिया