यस्ता छन् अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि नेकपा एसका प्रतिवद्धता

यस्ता छन् अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि नेकपा एसका प्रतिवद्धता

केन्द्रबिन्दु
0
Shares

नेकपा एस (एकीकृत समाजवादी)ले मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा अपाङ्गता भएका व्यक्तिहरुको हकहितलाई प्राथमिकता दिएको छ।

‘शारीरिक अपाङ्गता भएका मानिसलाई उहाँहरूको क्षमताबमोजिम तालिम र सो पश्चात रोजगारी उपलब्ध गराउने कार्यक्रम स्थानीय सरकारको तहबाट सञ्चालन गर्नुपर्दछ भन्ने बारेमा हाम्रो पूर्ण प्रतिवद्धता छ,’ नेकपा एसले घोषणापत्रमा भनेको छ।

हरेक पालिकाहरूले आफ्नो भूगोलभित्र रहेका शारीरिक रूपमा अपाङ्गता भएका मानिसहरूलाई रोजगार बनाउनका लागि आवश्यक तालिम उपलब्ध गराउनुका साथै व्यवसाय गर्नका लागि निर्व्याजी ऋण प्रदान गरिने पनि घोषणापत्रमा उल्लेख छ।

‘बौद्धिक अपाङ्गता भएका मानिस र बालबालिकाको स्याहार– सुसार र संरक्षणका लागि सम्बन्धित परिवारलाई मासिक रूपमा भत्ता दिने व्यवस्था गरिने छ,’ नेकपा एसको घोषणापत्रमा लेखिएको छ।

‘अपाङ्ग मैत्री गाउँ–सहर’ भन्ने नाराका साथ अपाङ्ग मैत्री संरचना, खासगरी अपाङ्ग मैत्री विद्यालय, कार्यालय एवं सामुदायिक भवन तथा अपाङ्ग मैत्री शौचालय निर्माण गरिने प्रतिवद्धता पनि घोषणापत्रमा गरिएको छ।

Skip This
Skip This
Logo