नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारबारे छलफल गर्दै छ । महानगर र उपमहानगरपालिकाको उम्मेदवारबारे निर्णय गर्न आज एमालेको बैठक डाकेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक बसेर महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारमा तलबाट सिफारिस भएर आएका आकाक्षीहरूको नाममाथि छलफल गर्ने एमालेको तयारी छ ।
महानगर र उपमहानगरका लागि तलबाट आएको आकाङ्क्षीहरूको विषयमा आजदेखि छलफल हुने एमाले सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन् । तलबाट आएको आकांक्षीहरूका नाममाथि नै बैठकमा छलफल गरिने नेता अर्यालको भनाइ छ ।
आज दिउँसो २:३० बजेदेखि पार्टी अध्यक्ष ओलीको निवास बालकोटमा सचिवालयको बैठक बसेर उम्मेदवारका विषयमा छलफल हुने एमालेका केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए । आजै निर्णय नभएपनि छलफल सुरु हुने अधिकारीको भनाई छ ।





























प्रतिक्रिया