डिसहोम फाइबरनेट उच्चगतिको इन्टरनेट सेवाको मागलाई ध्यानमा राखेर आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिसहोमले सुरु गरेको हो। डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।
काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगंज, धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, मिर्चैया, विराटनगर , नेपालगन्ज, धनगढी, सुर्खेतसहित अन्य मुख्य स्थानमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।
मुलुकका अधिकांश स्थानमा सेवा पुर्याउने लक्ष्य लिएको डिसहोम फाइबरनेट हाल दाङको तुलसीपुरमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्दैछ ।
डिसहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिसहोमका ग्राहकहरुका लागि डिस टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिसहोम जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबिपिएसदेखि ६०० एमबिपिएससम्म उपलब्ध छन् ।





























प्रतिक्रिया