काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय टिमका २२ खेलाडीलाई तलब प्रदान गरेको छ । क्यानले अन्तर्राष्ट्रिय क्रिकट परिषद (आईसीसी) बाट रकम प्राप्त भएपछि खेलाडीलाई तलव वितरण गरेको हो ।
क्यानले सन् २०१९ को वर्षभरिको तलब एकैपटक वितरण गरेको हो । अनुबन्धअनुसार ग्रेड ‘ए’ का खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ का खेलाडीले ३५ हजार र ग्रेड ‘सी’ का खेलाडीले २५ हजार पाउने छन् ।
ग्रेड ‘ए’ मा ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन् ।
यस्तै ग्रेड ‘बी’ अभिनाष बोहरा, आरिफ सेख, वसन्त रेग्मी, ललितनारायण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप झोरा र सुसन भारी छन् भने ग्रेड ‘सी’ मा इशान पाण्डे, कुलश भुर्तेल, कुशल मल्ल, प्रदीप ऐरी, राजु रिजाल र रसिद खान रहेका छन् ।































प्रतिक्रिया