मदन-आश्रितको शालिक तोडफोडप्रति ध्यानाकर्षण

मदन-आश्रितको शालिक तोडफोडप्रति ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फाउण्डेसनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरेर लोकतान्त्रिक र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएबापत मृत्यु वरण गर्नुपरेका दुई लोकप्रिय नेताका नाममा स्थापित संरचनालाई क्षति पु¥याउनु विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहार भएको उल्लेख गरेको छ । 

विज्ञप्तिमा लोकतन्त्रको उच्चतम् अभ्यासका रुपमा रहेको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएसँगै भएको यो घटनाले लोकतान्त्रिक शक्तिलाई चुनौती दिएको अनुभूति भएको जनाउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
 

Logo