काठमाडौँ ।
त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा स्वास्थ्य उपचारका लागि आउने बिरामीहरुले मोबाइल तथा अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था सुरु भएको छ।
कोरोना संक्रमणको अवस्थापछि अस्पतालले बिरामीको सहजताका लागि मोबाइल एप र अनलाइन प्रणालीबाट टिकट लिन सक्ने व्यवस्थाको सुरु गरेको अस्पतालका प्रवक्ता राम विक्रम अधिकारीले जानकारी दिए ।
उनका अनुसार यो सेवा परीक्षणका रुपमा मंसिर महिनादेखि शुरु गरिएको हो। केही समयको परीक्षणपछि अस्पतालले नियमित रुपमा उक्त सेवा सुरु गरेको हो । मोबाइलमार्फत टिकट काट्नका लागि बिरामी तथा बिरामीका आफन्तले त्रिवि शिक्षण अस्पतालको ‘टिचिङ हस्पिटल’ नामक एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ। उक्त एप खोलेर ‘इटिकटिङ’मा क्लिक गरी टिकट काट्ने तरीकाबारे जानकारी लिन सकिनेछ।































प्रतिक्रिया