सहमति जुट्न नसकेपछि मुगुमा मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धन दलहरूको निर्णय

सहमति जुट्न नसकेपछि मुगुमा मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धन दलहरूको निर्णय

केन्द्रबिन्दु
0
Shares

सत्ता पक्षीय गठबन्धन आबद्ध दलबीच मुगुमा स्थानीय तह निर्वाचनमा तालमेल गर्ने विषयमा सहमति जुट्न सकेन। उनीहरूबीच गठबन्धनबारे सहमति नजुट्दा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता पक्षीय दलबीच तालमेल गरेर चुनावमा जाने केन्द्रले निर्णय गरेपछि मुगुमा पनि तालमेल गर्न दिनहुँ गठबन्धनका नेताहरू जुट्ने गरेका थिए।

शुक्रबार पालिका प्रमुख र उपप्रमुखबारे सहमति नजिक पुगेका दलबीच शनिबार वडा बाँडफाँटमा सहमतिमा पुग्न नसकेपछि सत्ता पक्षीय दलसँग मात्र स्थानीय तहमा आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने तर अन्य दलसँग तालमेल गर्न नपाउने, चुनावमा सत्ता पक्षीय दलबीच मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्दै बैठक टुंगिएको कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताए।

जिल्लामा सहमति हुन नसकेपछि पालिकास्तरमा सत्ता पक्षीय दलबीच तालमेल हुने विश्वास लिइएको छ।

Logo