आफ्नो झारफुकले सन्तान जन्मिने आश्वासन, अन्तत: बलात्कार !

आफ्नो झारफुकले सन्तान जन्मिने आश्वासन, अन्तत: बलात्कार !

केन्द्रबिन्दु
0
Shares

डोटी।  युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक बिहीबार पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका आरोपमा पक्राउ पर्नेमा टेकबहादुर ओली छन्।

आफ्नै गाउँकी बिरामी युवतीलाई झारफुक गर्ने भनी बोलाए बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ।

अभियुक्त ओलीले आफूले झरफुक गर्ने र सन्तान नहुनेको हुन सक्ने भनी निज युवतीलाई यही भदौ ३ गते बलात्कार गरेको प्रहरी कार्यालयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए।

घटनाका पीडित र अभियुक्त युवकलाई जिल्ला कार्यालयमा ल्याइएको छ।

Skip This
Skip This
Logo