काठमाडौँ महानगरपालिकाका ११६ जनप्रतिनिधिले दिए राजीनामा

काठमाडौँ महानगरपालिकाका ११६ जनप्रतिनिधिले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा दिएका छन्। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका उनीहरूले हाल बहाल रहेको पदबाट राजीनामा दिएका हुन्। 

आइतबार ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरि २९ जनाले राजीनामा दिएका छन् भने ८७ वडा सदस्यहरूले पनि राजीनामा दिएको कमपाको सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिए। स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्नका लागि सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी मान्यताअनुसार जनप्रतिनिधिले राजीनामा दिएका हुन्।

कामपाको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरि ८ वटा वडाका अध्यक्षबाट राजीनामा आउन बाँकी छ। आजसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी रहेकाले अरु जनप्रतिनिधिबाट राजीनामा आउन सक्ने कामपाको भनाइ छ। निर्वाचनमा उम्मेदवारी नदिने हो भने राजीनामा दिनुपर्ने छैन । कामपामा प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधि छन् । 

Logo