प्रधानमन्त्री पत्नी आरजुको साथ सिर्जना सिंहलाई

प्रधानमन्त्री पत्नी आरजुको साथ सिर्जना सिंहलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकी सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जितको लागि अग्रिम शुभकामना दिएकी छन् । 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी सिंहलाई राणाले जितको लागि अग्रिम शुभकामना दिएकी हुन् । 

आज काठमाडौंमा आयोजित महिला भेटघाट कार्यक्रममा उपस्थित भएर राणाले सिंहलाई महानगरमा मेयर पदको लागि अग्रिम बधाइ ज्ञापन गर्नुभयो । सो क्रममा राणाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने बताइन् । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले अब महिलाबाटै विकास सम्भव रहेको बताइन् । उनले काठमाडौं महानगरको नेतृत्वको लागि सिंहले दिएको उम्मेदवारीबाट हरेक काठमाडौंवासी महिलाहरु खुही भएको र अब महिलाका समस्याहरु समाधान हुनेमा विश्वस्त भएको बताइन् । 

काठमाडौंका सबै वडाका महिलाहरुले आज एक कार्यक्रम आयोजना गरी काठमाडौं महानगरको नेतृत्वका लागि उम्मदेवारी दिएकी सिंहलाई अग्रिम जितको शुभकामना प्रकट गरेका छन् । मेयरकी उम्मेदवार सिंह नेता प्रकाशमान सिंहकी धर्मपत्नीसमेत हुन् ।  
 

Skip This
Skip This
Logo