‘विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका नियुक्ति छिट्टै’ : मन्त्री पुन

‘विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका नियुक्ति छिट्टै’ : मन्त्री पुन

केन्द्रबिन्दु
0
Shares

रोल्पा ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन् ।

प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि भदौ २९ गतेसम्म रहेकाले त्यस अघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने बताए।

कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट पारे । “कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेको भन्दै चलाइएको हल्लामा सत्यता छैन”, मन्त्री पुनले भने ।

यसअघि मन्त्री पुन जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए । उनले सुरक्षित जनता आवास कार्यक्रम अन्तर्गत फुसको छाना विस्थापन कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रम लगायत विषयमा सरोकारवालासँग परामर्श गरेका थिए ।रासस

Logo