हास्य कलाकार एवं गायक मदनकृष्णको ‘एउटा सपना छ’ सार्वजनिक (भिडियाे)

हास्य कलाकार एवं गायक मदनकृष्णको ‘एउटा सपना छ’ सार्वजनिक (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ। 

मंगलबार श्रेष्ठको ७२ औँ जन्माेत्सवको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो। गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ। गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन्। बिरामीका कारण स्मरणशक्ति गुमाएका हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथा गीतमा समेटिएको छ। सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाँईले छायाङ्कन र सम्पादन गरेका हुन्। 

गीत हेरिसकेपछि हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले मदनकृष्ण श्रेष्ठले हसाउने मात्रै भनेको सुनेपनि गीत भावुक बनाउने र मर्मस्पर्शी रहेको उल्लेख गरे। 

अभिनेत्री आँचल शर्माले भिडियो र गीत उत्कृष्ट रहेको बताउँदै भिडियो उत्कृष्ट बनेको दाबी गरिन्। 

एउटा सपना छ… गीत, गीतकार तथा संगीतकार पुष्पन प्रधानको हो। कार्यक्रममा उपस्थित कलाकारहरुले वरिष्ठ कलाकार तथा गायक श्रेष्ठलाई ७२औँ जन्मोत्सवको शुभकामना व्यक्त गरेका थिए।

 

Logo