भ्रातृ संस्थाका अधिवेशन निर्वाचनपछि गर्न आग्रह

भ्रातृ संस्थाका अधिवेशन निर्वाचनपछि गर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले पार्टी आबद्ध भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूलाई आफ्ना पूर्व निर्धारित अधिवेशन-महाधिवेशन  हाललाई स्थगन गर्न अनुरोध गरेको छ ।

 यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन पार्टीका सम्पूर्ण साङ्गठनिक संरचना, भ्रातृ सङ्घ, शुभेच्छुक संस्थालगायत विदेशस्थित जनसम्पर्क समिति क्रियाशील रहेकाले निर्वाचनको अन्तिम परिणाम प्राप्त हुनेवित्तिकै अधिवेशन-महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरी तदनुरुप गर्न सम्बद्ध सबैमा नेपाली कांग्रेसले  आग्रह गरेको हो । 

साथै पार्टीले निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रियतापूर्वक लाग्न अनुरोध गरेको छ । 

Skip This
Skip This
Logo