कुशेमा विभिन्न दलका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

कुशेमा विभिन्न दलका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

केन्द्रबिन्दु
0
Shares

जाजरकोटकाे कुशे गाउँपालिका-९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूबीचमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ। 

माओवादी र समाजवादीका एक सयभन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा बढी कार्यकर्ताहरूको बीचमा बुधबार दिउँसो पौने २ बजे झडप भएको प्रहरीले जनाएको छ। चुनावी प्रचारप्रसारका क्रममा झडप भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

झडपलाई कम गर्न खोज्दा प्रहरीमाथि नै ढुंगामुढा भएपछि प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो। झडपमा परी कांग्रेसका कुशे-९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएको प्रशासनले जनाएको छ। स्थिति सामान्य बनाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए।

Logo