केशव स्थापित मानसिक विचलन भइसकेका व्यक्ति हुन् : सबुज कृष्ण बाँनिया

केशव स्थापित मानसिक विचलन भइसकेका व्यक्ति हुन् : सबुज कृष्ण बाँनिया

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बाँनियाले नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापित मानसिक विचलन भइसकेको व्यक्ति भएको बताएका छन् । 

रत्नपार्कस्थित शान्तिवाटीकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै सभापति बाँनियाले स्थापित मानसिक विचलन भइसकेको व्यक्ति भएको बताएका हुन् । 

मानसिक विचलन भएरै जथाभावी बोल्दै गर्ने, सम्मान गर्नुपर्ने महिलाहरूका विषयलाई अपमानित गराउने कार्य गर्दै आएको उनको भनाई छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले मेयरमा सिर्जना सिंहलाई उठाएको भन्दै उनलाई जिताउन सबैमा अनुरोध गरे । 

‘मानसिक रूपमा विचलन भइसकेपछि जथाभावी बोल्दै हिडिरहेका छन् । नेकपा एमालेले त्यस्तो व्यक्तिलाई मेयरमा उठाएको छ । यदि जित्यो भने पनि काठमाडौंको विकास कसरी गर्छ’ उनले प्रश्न गरे । 

काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको सभामा गठबन्धनका नेताहरूले सम्बोधन गरिरहेका छन् । 
 

Logo