आज राति देशका अधिकांश स्थानमा वर्षा हुने

आज राति देशका अधिकांश स्थानमा वर्षा हुने

केन्द्रबिन्दु
0
Shares

मौसम पूर्वानुमान महाशाखाले आज जाति देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको रहेको महाशाखाले जनाएको छ। यतिबेला महाशाखामा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि घाम लागे पनि मध्यान्नपछि विस्तारै मौसम धुम्म हुँदै गएको हो।

आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। आज बेलुकातिर प्रदेश नम्बर एक, मधेश प्रदेश, वाग्मती र गण्डकी  प्रदेशका  धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ।

Skip This
Skip This
Logo