नोभाक जोकोभिचलाई हराउँदै किशोर खेलाडी कार्लोस मड्रिड ओपनको फाइनलमा

नोभाक जोकोभिचलाई हराउँदै किशोर खेलाडी कार्लोस मड्रिड ओपनको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

उदाउँदो किशोर स्टार खेलाडी कार्लोस अल्काराजले विश्व नम्बर एक नोभाक जोकोभिचलाई तीन सेटको रोमाञ्चक खेलमा स्तब्ध पार्दै मड्रिड ओपनको फाइनलमा प्रवेश गरेका छन्। 

१९ वर्षीय स्पेनियार्डले क्वाटरफाइनलमा राफेल नाडाललाई ६–७ (५–७), ७–५, ७–६ (७–५) ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् । अल्काराजले जोकोभिचद्वारा आफूतर्फ फ्याँकेका सबै बलको सामना गरे, र केही उत्कृष्ट  शटहरू हानेर घरेलु भीडलाई खुशी पारेका थिए । 

उनी आइतबार फाइनल खेलमा मड्रिड पूर्वविजेता एलेक्जेन्डर ज्वेरेभसँग खेल्नेछन् । पुरुष टेनिसतर्फ विश्वको तेस्रो स्थानमा रहेका ज्वेरेभले ६–४, ३–६, ६–२ को जित निकाल्दै ग्रीसको विश्व नम्बर पाँचमाथि क्ले कोर्टमा पहिलो जित दर्ता गरे। 

उनले २१ पटकका ग्राण्डस्लाम च्याम्पियन नाडाल र २० पटकका ग्राण्डस्लाम विजेता जोकोभिचलाई क्ले कोर्टमा हराउने अल्काराज पहिलो खेलाडी बनेका छन्। उनले गत महिना पहिलो मास्टर्स १००० उपाधि जितेर आफ्नो उत्कृष्ट सिजनको आनन्द लिइरहेका छन्। 

पहिलो मास्टर्स १००० उपाधिका कारण उनलाई पहिलो पटक विश्व वरियताको शीर्ष १० मा पुग्न मद्दत गरेको थियाे। उनी भन्छन्, “यो उपाधिले मलाई फाइनल खेल्नका लागि धेरै आत्मविश्वास दिन्छ, मलाई थाहा छ कि मैले निकै राम्रो खेल खेलीरहेको छु, र बाँकी सिजन म विश्वका उत्कृष्ट खेलाडीहरूविरुद्ध खेल्न सक्षम छु र उनीहरूलाई पनि हराउन सक्छु।” 

Skip This
Skip This
Logo