दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान दिएनन् : पूर्वसभामुख ढुंगाना

दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान दिएनन् : पूर्वसभामुख ढुंगाना

केन्द्रबिन्दु
0
Shares

पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताएका छन् ।

सोमबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)ले काठमाडौंमा आयोजना गरेको निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भुमिका विषयक सम्वाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताएका हुन् । 

उनले अहिलेको निर्वाचनबाट जनताले चाहेको प्रतिनिधि आउन गाह्रो पर्ने बताए। निर्वाचन निष्पक्ष बनाउनका लागि राजनीतिक दलको भुमिका महत्वपूर्ण हुने उनले बताए। निर्वाचनलाई निष्पक्ष बनाउन राजनीतिक दल र निर्वाचन आयोगले हातेमालो गर्नुपर्ने उनले बताए। 

पूर्वसभामुख ढुंगानाले देश निष्पक्ष निर्वाचनको बाटोमा नगएको टिप्पणी गरे।

Skip This
Skip This
Logo