टर्कीको इस्तानबुलमा हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको ड्र सार्वजनिक भएको छ । प्रतियोगितामा ७३ राष्ट्रका ३१० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि आजदेखि खेलाडीहरूको तौल र मेडिकल चेकअप वाव होटेलको कन्फरेन्स हलमा सुरु भएको छ।
आइबाको नयाँ परिवर्तित नियम अनुसार अनिवार्य काउन्ट हरेक राउण्डमा ३ र एउटा बाउटमा ४ रहने जानकारी आयोजकले जनाएका छन् ।
मे ९, १०, १३ र १४ तारिखमा बेलुकाको ६ बजेमात्र प्रतियोगिता सञ्चालन हुनेछन् । बाउट रिभ्यु नहुने जानकारी आयोजकले बताए ।
प्रतियोगितास्थलमा कोचहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । खेल प्रतियोगिताका लागि रिंंग र प्रतियोगिताका सामग्री स्टिङ्ख कम्पनीको प्रयोग गरिने छन् ।
प्रतियोगितामा विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले एक लाख, ५० हजार र २५ हजार अमेरिकी डलर २-२ जनाले प्राप्त गर्नेछन् ।
आइबा नयाँ स्कोरिङ्ग मेसिन सञ्चालन सम्बन्धी सेमिनार मई १४ तारिखमा सञ्चालन हुने जानकारी गराइएको छ ।
आज सार्वजनिक ड्र अनुसार ४६ देखि ४८ किलो तौल समुहमा नेपालका खेलाडीले भोलि बेलुका प्रतिस्पर्धा गर्नेछन् । उक्त तौल समुहमा ३२ जना खेलाडी रहेका छन् ।
त्यसैगरी ५० देखि ५२ किलो तौल समुहमा २८ वटा देशका खेलाडी छन् । उक्त तौल समुहमा नेपालका मिनु गुरुङले जापानका आर किनोशितासँग ११ मईमा दिउँसो प्रतिस्पर्धा गर्नेछन् ।
५४ देखि ५७ किलो तौल समुहमा नेपालका चन्द्रकला थापाले बाई पाएर भारतीय खेलाडी मनिषासँग ११ मईमा प्रतिस्पर्धा गर्ने छन् ।
५७ देखि ६० किलो तौल समुहमा ३१ राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको उक्त तौल समुहमा नेपाली खेलाडी पुनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छिन् । उनको प्रतिस्पर्धा ग्रिस र मोरक्कोबीचको विजेतासँग १५ मईमा हुनेछ ।





























प्रतिक्रिया