आईपीएल : कोलकाताकाे पाँचाै जित, मुम्बई पराजित

आईपीएल : कोलकाताकाे पाँचाै जित, मुम्बई पराजित

केन्द्रबिन्दु
0
Shares

मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ  जित निकालेको छ ।

सोमबार राति कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै जम्मा ११३ रन मात्र बनायो । मुम्बईका इशान किशनले सर्वाधिक ५१ रन बनाए । यस्त केइरन पोलार्डले १५ रनको योगदान गरे । कोलकाताका प्याट कमिन्सले ३ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १६५ रनको योगफल तयार पारेकाे थियाे ।

कोलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन बनाए  । अजिन्का रहानेले २५ रनको योगदान गरे ।  मुम्बईका जस्प्रित बुम्राहले ५ विकेट लिए । जितसँगै कोलकाता १२ खेलबाट १० अंक जोडेर सातौ स्थानमा  छ  । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा  छ ।

Skip This
Skip This
Logo