आज र भाेलि काठमाडौँ र भक्तपुरका प्रशासनिक सेवा प्रभावित हुने

आज र भाेलि काठमाडौँ र भक्तपुरका प्रशासनिक सेवा प्रभावित हुने

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले वैशाख २८ र २९ गते (आज र भाेलि) कार्यालयको सेवा प्रभावित हुने जनाएको छ।  

‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै प्रशासन कार्यालयद्वारा मंगलबार जारी सूचनामा जनाइएको छ। 

वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ। 

Skip This
Skip This
Logo